२०८३, आश्विन २२ गते

images
  • समाचार
  • हुस्सुका कारण बिहानैदेखि विमानस्थल बन्द, अन्तर्राष्ट्रिय...

हुस्सुका कारण बिहानैदेखि विमानस्थल बन्द, अन्तर्राष्ट्रिय र आन्तरिक उडान प्रभावित

हुस्सुका कारण बिहानैदेखि विमानस्थल बन्द, अन्तर्राष्ट्रिय र आन्तरिक उडान प्रभावित

बिहिवार, माघ १५ २०८२१०:१४
बिहिवार, माघ १५ २०८२१०:१४
  • images

    काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुस्सु कुहिरोका कारण विहान ७:२० बजेदेखि बन्द भएको छ। विमानस्थल खुल्न केही समय लाग्ने अनुमान गरिएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल बिहान एकछिन खुले पनि कुहिरोका कारण भिजिबिलिटी ८ सय मिटरमा झरेकाले यहाँबाट हुने राष्ट्रियरअन्तर्राष्ट्रिय सबै हवाई उडान ठप्प भएको जानकारी दिए। 

    विमानस्थल कार्यालयका अनुसार साढे नौ बजेसम्मको दृश्यता (भिजिबिलिटी) केवल ५०० मिटर मात्रै रहेको छ। आरएनपीआर एप्रोच गर्ने जहाजहरूले अवतरण गर्न कम्तीमा ११०० मिटर दृश्यता आवश्यक पर्छ भने भीओआर(डीएमई प्रणाली प्रयोग गर्ने जहाजको लागि न्यूनतम काठमान्डौं विमानस्थलको दृश्यता १६०० मिटर हुनुपर्छ। काठमाडौंबाट टेकअफ गर्न पनि कम्तीमा १२ सय मिटर दृश्यता आवश्यक पर्छ।

    यस कारण, काठमाडौं आउँदै रहेका केही अन्तर्राष्ट्रिय उडानहरू अहिले सिमरामाथिको आकाशमा होल्डमा रहेका छन्।

    तीमध्ये दोहाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको वाइडबडी, दुबई र दोहाबाट आएको हिमालय एयरलाइन्सका दुई न्यारोबडी विमान, भुटानबाट आएको ड्रकु एयरको न्यारोबडी विमान र दोहाबाट आएको कतार एयरवेजको वाइडबडी विमान समावेश छन्।

    त्यसैगरी, घरेलु उडानमा पनि अवरोध आएको छ। बुद्ध एयरका अनुसार, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलहरू अहिले सञ्चालनमा आउन बाँकी छन्।

    विमानस्थल कार्यालयले यात्रुहरूलाई आफ्नो यात्रा अघि नै वायुसेवा कम्पनीसँग सम्पर्क गरी जानकारी लिनुपर्ने सुझाव दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend