२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रास्वपाले गठन गर्‍यो निर्वाचन सम्पादन समिति,...

रास्वपाले गठन गर्‍यो निर्वाचन सम्पादन समिति, के गर्छ काम ?

रास्वपाले गठन गर्‍यो निर्वाचन सम्पादन समिति, के गर्छ काम ?

बिहिवार, माघ १५ २०८२११:२१
बिहिवार, माघ १५ २०८२११:२१
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचानलक्षित गतिविधि गर्न रास्वपाले सम्पादन समिति गठन गरेको हो । 

    केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोलप्रसाद (डीपी) अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरिएको रास्वपाले जनाएको छ । 

    सदस्य सचिवमा शंकर श्रेष्ठ छन् । कोसी प्रदेश समन्वय सचिवमा उपेन्द्र पाण्डे, मधेस प्रदेशमा डा. नमिता यादव, वाग्मती प्रदेशमा सरिता ज्ञवाली, गण्डकी प्रदेशमा तोयाराज अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम र सुदूरपश्चिम प्रदेशको समन्वय सचिवमा डा. कृष्ण भेटुवाल तोकिएका छन् । 

    संघीय निर्वाचन सम्पादन समितिले तीनवटा विषेश उपसममिति गठन गरी कन्द्रीय कार्यालयमा डेक्स संचालन गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ । 

    आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र संचार समन्वय उपसमिति गठन गरिएको छ । आन्तरिक समन्वय उपसमितिको मुख्य कार्य पार्टी संगठन तथा उमेदवारहरूको समन्वयका लागि आन्तरिक समन्वय गर्नेछ । यसको संयोजकमा रामकृष्ण भट्टराई र सदस्यहरूमा शिव नेपाली र जयकर्ण महता छन् । 

    प्रशासनिक समन्वय उपसमितिले सुरक्षा तथा अन्य कार्यका लागि सरकारी निकाय तथा आवश्यकतानुसार अन्य निकायहरूसँग समन्वय गर्नेछ । संयोजकमा विष्णुकुमार श्रेष्ठ र सदस्यमा डा। चन्दा कार्की र विदुर खड्का छन् । 

    संचार समन्वय उपसमितिले सूचना संकलन गरी केन्द्रिकृत गर्ने र आवश्यकतानुसार संचारगृहहरूसँग समन्वय गर्नेछ । यसको संयोजकमा प्रतिभा रावल छिन् । सदस्यमा असिम साह, वीरेन्द्रकुमार मेहता र मिलन लिम्बू छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend