काठमाडौँ । मौसम प्रतिकूलताका कारण आज बिहान केही समय बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
बिहीबार बिहान ७:२० बजेदेखि बन्द रहेको विमानस्थल मौसममा सुधार आएसँगै खुला भएको हो । दृश्यता १,१०० मिटर पुगेपछि आरएनपीआर एप्रोचवाहक विमानहरूका लागि सञ्चालन पुनः सुरु भयो।
करिब ११ बजे बिहानदेखि एटीआर र जेट इञ्जिन लगायत आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला भएको विमानस्थलले जानकारी दिएको छ। विमानस्थल खुलेसँगै रोकिएका यात्रीहरूलाई सहजता हुँदै गएको छ।
तर मौसम प्रतिकूलताका कारण ६ वटा आन्तरिक विमानस्थलहरू नेपालगन्ज, जनकपुर, भरतपुर, तुम्लिङटार, घनगढी र राजविराज अझै बन्द छन् ।

