२०८३, आश्विन २२ गते

images

माधवकुमार नेपाल अस्पताल भर्ना

माधवकुमार नेपाल अस्पताल भर्ना

बिहिवार, माघ १५ २०८२१२:१४
बिहिवार, माघ १५ २०८२१२:१४
  • images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

    रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो । उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन्।

    अस्पताल स्रोतका अनुसार उनलाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो (घ्यार–घ्यार) हुने समस्या देखिएको छ । ‘टिचिङ अस्पतालमा क्याबिन नपाएपछि मनमोहनमा राखेर उपचार गरिएको हो । उपचार भने त्रिविकै छातीरोग विभागका चिकित्सकले गरिरहनुभएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend