२०८३, आश्विन २२ गते

images
  • समाचार
  • राप्ती स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपति सहित १९...

राप्ती स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपति सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

राप्ती स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपति सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, माघ १५ २०८२०३:३२
बिहिवार, माघ १५ २०८२०३:३२
  • images

    काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा।डा। संगिता सिंह भण्डारीसहित १९ जना र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। 

    प्रतिष्ठानको सीटी स्केन मसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए। प्रतिष्ठानमा खरिद गरिएको सीटी स्केन मसिन निर्धारित शर्त तथा मापदण्ड बमोजिम नरहेको अख्तियारले जनाएको छ। 

    तोकिएको मापदण्डभन्दा कमसल किसिमको मेसिन खरिद गरेर सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसा हानिनोक्सानी गरेको अख्यितारले दायर गरेको आरोपपत्रमा उल्लेख छ। तत्कालीन उपकुलपति भण्डारीसँगै १९ जना र मेसिन आपूर्तिकर्ता हिमालयन मेडिकेट प्रालिबाट सोही बराबरको विगो असुल उपर गर्न अख्तियारले दाबी गरेको छ। 

    अख्तियारले पूर्वउपकुलपति भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कायममुकायम रजिस्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाददेव, तत्कालीन निर्देशक डा। सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा। बोम बीसी, तत्कालीन बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आषुतोश भण्डारीविरुद्ध मुद्दा दायर गरेको छ। 

    त्यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, राप्ती प्रतिष्ठानका तत्कालीन शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, तत्कालीन लेक्चरर डा। श्रीसिया पोख्रेल, तत्कालीन आईटी अफिसर हिरालला भण्डारी, तत्कालीन लेखा अधिकृत राजीव बस्नेत, तत्कालीन फिजियोथेरापिस्ट पूजा ठाकुर, तत्कालीन कम्युटर असिस्टेन्ट सतिशबहादुर शाही, तत्कालीन फामेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र तत्कालीन स्टाफ नर्स विन्दु पौडेललाई पनि विपक्षी बनाइएको छ। 

    यससँगै मेसिन आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रालि र कम्पनीमा मुख्य भएर काम गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलाई पनि अख्तियारले विपक्षी बनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend