२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • भयरहित वातावरणमा निर्वाचन सम्पन्‍न गर्न गृहको...

भयरहित वातावरणमा निर्वाचन सम्पन्‍न गर्न गृहको विशेष तयारी, ल्यायो वडातहसम्मकै समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने अवधारणा

भयरहित वातावरणमा निर्वाचन सम्पन्‍न गर्न गृहको विशेष तयारी, ल्यायो वडातहसम्मकै समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने अवधारणा

शुक्रवार, माघ १६ २०८२०२:५९
शुक्रवार, माघ १६ २०८२०२:५९
  • images

    काठमाडौँ । गृह मन्त्रालयले वडातहमा क्रियाशिल रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरुको सहभागिता अभिवृद्धि गरी निजहरुलाई निर्वाचनका सबै प्रक्रियामा सहभागि गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ।

    निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, संचार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै गृहले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२ ’ तयार गरी सोहि बमोजिम गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको हो।

    वडातहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरुलाई निर्वाचन व्यवस्थापन लगायतका कार्यमा समावेश गराई निर्वाचनमा निजहरुको अपनत्व अभिवृद्धि गरी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

    अवधारणा कार्यान्वयनको लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीहरुको जिम्मेवार बनाईएको छ भने यसको कार्यान्वयनको अनुगमन र निगरानी गर्ने जिम्मेवारी गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयको हुने व्यवस्था गरीएको छ ।

    समन्वय एवं सहकार्यलाई अभिवृद्धि गर्ने सम्बन्धमा अवधारणापत्रले वडातहमा रहेका त्यस्ता व्यक्तिहरुको पहिचान गरी सूची तयार गर्ने, मतदान स्थलहरुको स्थलगत निरीक्षणको क्रममा निजहरु सहितको बैठक आयोजना गर्ने, समय(समयमा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका पदाधिकारीहरुबाट सहजता एवं प्रभावकारीता अनुसार टेलिफोनबाट सम्पर्क गर्ने, समूह एसएमएसबाट सूचना प्रवाह गर्ने, भर्चुअल माध्यमबाट सम्पर्क, सम्वाद, छलफल, अन्तर्क्रिया लगायतका गतिविधी गरिने व्यवस्था गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend