२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • गृहमन्त्री अर्यालले गरे भक्तपुरको दुई वटा...

गृहमन्त्री अर्यालले गरे भक्तपुरको दुई वटा निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण

गृहमन्त्री अर्यालले गरे भक्तपुरको दुई वटा निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण

आइतवार, माघ १८ २०८२०५:०४
आइतवार, माघ १८ २०८२०५:०४
  • images

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर त्यहाँको वस्तुस्थिति जानकारी लिएका छन् ।

    आइतबार गृहमन्त्री अर्याल गृह सचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका सुवालसँग निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यहरूको बारेमा जानकारी लिएका हुन् ।

    त्यस अवसरमा गृहमन्त्री अर्यालले भक्तपुरको निर्वाचन केन्द्रित सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृतहरूसँग छलफल गरेका थिए । छलफलमा मन्त्री अर्यालले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको ठुलो भूमिका  रहने हुँदा त्यस तर्फ ध्यान दिएर सेवा प्रवाहमा लाग्न निर्देशन दिए ।   

    यस्तै, आजै, गृहमन्त्री अर्याल भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहको स्थलगत अनुगमनका लागि पुग्नु भएको छ। माघ ८ गतेको मध्य राति सुधार गृहमा भएको आगजनी र ढुङ्गा मुडा पश्चात् गृहमन्त्री आइतबार सुधार गृहको वस्तुस्थिति बुझ्न त्यहाँ समेत पुगेका थिए ।

    गृहमन्त्री अर्यालले सो घटना पश्चात् अहिले सो सुधार गृहमा रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नुवाकोटमा रहेको कारागारभित्र  रहेको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend