२०८३, आश्विन २२ गते

images
  • समाचार
  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा,...

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा, भन्सार अधिकृत सहित कर्मचारी नियन्त्रणमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा, भन्सार अधिकृत सहित कर्मचारी नियन्त्रणमा

सोमवार, माघ १९ २०८२११:५३
सोमवार, माघ १९ २०८२११:५३
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छापा मारेको छ । आयोगले भन्सारमा छापा मारेर भन्सार अधिकृत र नायब सुब्बासहित तीनजना कर्मचारीलाई घुस रकम र स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेहरूमा वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छविप्रसाद रिसाल छन् ।

    कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

    आयोगका अनुसार कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रूपैयाँ र स्रोत नखुलेको ४० हजार ३५० रूपैयाँ बरामद भएको छ । साथै, उनको साथबाट थप ९६ हजार ७० रूपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ।

    त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिसालको साथबाट घुसवापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी जम्मा ३८ हजार ८४८ रूपैयाँ बरामद भएको छ।

    आयोगले उनीहरूको साथबाट स्रोत नखुलेको थप रकमसहित कुल २ लाख ६८ हजार २८८ रूपैयाँ र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणमा लिइएका तीनै जनामाथि अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend