२०८३, भाद्र ४ गते

images

छैटौँ हिमालयन ट्राभल मार्ट २०२६ का लागि ‘सस्ट्यानिबिलिटी एक्स्पेरियन्स पार्टनरू का रूपमा’ प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म

छैटौँ हिमालयन ट्राभल मार्ट २०२६ का लागि ‘सस्ट्यानिबिलिटी एक्स्पेरियन्स पार्टनरू का रूपमा’ प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म

images
सीएनएन खबर
सोमवार, माघ १९ २०८२०२:३२
सीएनएन खबर
सोमवार, माघ १९ २०८२०२:३२
  • काठमाडौँ । पाटा नेपाल च्याप्टरले यही बर्ष  २०२६ जुन २ देखि ४ सम्म नेपालको ऐतिहासिक राजधानी काठमाडौंमा आयोजना हुने छैटौँ हिमालयन ट्राभल मार्ट ९एच।टी।एम २०२६० का लागि प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म प्रा.लि. लाई आधिकारिक “सस्ट्यानिबिलिटी एक्स्पेरियन्स पार्टनर’ का रूपमा समावेश गरेको छ ।  

    शिवपुरी राष्ट्रिय निकुञ्जको मुटुमै काठमाडौं नजिकैको एउटा शान्त प्रवेशद्वारका रुपमा अवस्थित प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म ले प्रकृति, सहजता, र दिगोपनको अनुपम संयोजन प्रस्तुत गर्दछ। यस रिसोर्टले दिगो पर्यटनको आदर्श नमूनाका रूपमा आफूलाई स्थापित गरेको छ, जहाँ इको–लक्जरी, अर्गानिक खेती, र सामुदायिक सशक्तीकरण प्रकृतिसँग सुमधुर रूपमा एकीकृत छन्। पाहुनाहरूलाई यहाँ उत्तरदायी पर्यटन, वातावरणीय संरक्षण, र ग्रामीण जीवनका वास्तविक अनुभवहरूमा आधारित आत्मीय आतिथ्य अनुभव प्रदान गरिन्छ।

    पाटा नेपाल र प्रकृति रिसोर्ट बीचको साझेदारी अनुरुप, प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मले मार्टमा आमन्त्रित क्रेताहरु र बिदेशी पाहुनाहरुका लागि एक परिचयात्मक भ्रमण आयोजना गरी सो गन्तव्यमा प्रदान गरिने पर्यटकीय उपज र सेवाहरु अनुभव एवं आतिथ्यता प्रदान गर्नेछ।  

    प्रकृती रिसोर्ट मा पाहुनाहरुलाई शान्त प्राकृतिक सौन्दर्य, सजग आतिथ्य, र दिगो पर्यटन अभ्यासहरूको प्रत्यक्ष अनुभव प्रदान गरिने र पाटा नेपाल संग हिमालयन ट्राभल मार्टको “सस्ट्यानिबिलिटी एक्स्पेरियन्स पार्टनर’ का रूपमा साझेदारी गर्न पाउँदा प्रकृती  रिसोर्ट का प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आफु साह्रै हर्षित र गौरवान्वित  भएको  ब्यक्त गरे ।

    पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले यस साझेदारीमार्फत दिगोपनलाई आतिथ्य र यात्रा अनुभवमा सहज रूपमा एकीकृत गर्न सकिनुका साथै आगन्तुकहरू र स्थानीय समुदाय दुवैलाई लाभान्वित गराउने एक उत्कृष्ट उदाहरणको रुपमा प्रकृती रिसोर्ट रहेको अनुभव बिदेशी पाहुनाहरु समक्ष प्रश्तुत गर्न लागेको बताए ।

    यो पहलले हिमालयन ट्राभल मार्टको मूल उद्देश्य नेपाललाई दिगो र अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यलाई अझ सशक्त बनाउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend