काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार मर्यादाक्रममा हेरफेर गरेका हुन्।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेपछि तेस्रो मर्यामा कानुनमन्त्री सोविता गौतमलाई राखिएको छ।

