२०८३, मंसिर १० गते

  • बैंक बित्त
  • माछापुच्छ्रे बैंकलाई भिसाको ‘एक्सिलेन्स इन पीओएस...

माछापुच्छ्रे बैंकलाई भिसाको ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस’ अवार्ड

माछापुच्छ्रे बैंकलाई भिसाको ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस’ अवार्ड

images
बिहिवार, मंसिर १० २०८३०४:२१
बिहिवार, मंसिर १० २०८३०४:२१
  • images

    काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले भिसा इन्टरनेसनलबाट ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस–एसोसिएट क्लाइन्ट’ अवार्ड प्राप्त गरेको छ।

    भिसाले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ मा बैंकलाई डिजिटल भुक्तानी सेवाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानका लागि उक्त अवार्ड प्रदान गरिएको हो।

    यससँगै माछापुच्छ्रे बैंकले भिसाबाट लगातार तेस्रो पटक सम्मान प्राप्त गरेको छ। यसअघि बैंकले सन् २०२४ मा ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस’ र सन् २०२३ मा ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ–एसोसिएट मेम्बर’ अवार्ड प्राप्त गरेको थियो।

    भिसाबाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा उपलब्ध गराउने बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ।

    माछापुच्छ्रे बैंक यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ। बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको थियो।

    त्यस्तै, इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ लगायतका अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेको बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend