२०८३, मंसिर १० गते

मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच सहकार्य, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच सहकार्य, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

images
सीएनएन खबर
बिहिवार, मंसिर १० २०८३०६:५९
सीएनएन खबर
बिहिवार, मंसिर १० २०८३०६:५९
  • images

    काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारी स्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    उक्त समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम÷डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ । सम्झौता अनुसार अस्पतालको विभिन्न सेवा तथा सुविधाहरुमा १० देखि  २० प्रतिशत सम्मको छुट उपलब्ध हुनेछ ।

    यसैगरी, मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई न्युनतम ब्याजदरमा प्रोफेशनल लोन, होम लोन, अटो लोन, व्यवसायिक कर्जा तथा अन्य सहुलियतपुर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ । 

    यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीहरूलाई सहज, सरल तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । उक्त समझदारीले स्वास्थ्य सेवा र वित्तीय सेवाबीच सहकार्य विस्तार गर्दै ग्राहक सन्तुष्टि, संस्थागत सम्बन्ध तथा पारस्परिक लाभ अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend