२०८३, मंसिर १० गते

  • बैंक बित्त
  • भिसा इन्टरनेसनलबाट कुमारी बैंक दुई विधामा...

भिसा इन्टरनेसनलबाट कुमारी बैंक दुई विधामा सम्मानित

भिसा इन्टरनेसनलबाट कुमारी बैंक दुई विधामा सम्मानित

images
सीएनएन खबर
बुधवार, मंसिर ९ २०८३०१:३३
सीएनएन खबर
बुधवार, मंसिर ९ २०८३०१:३३
  • images

    काठमाडौँ । कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेसनलले यही ४ असोजमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा बैंक ‘एक्सेलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस’ र 'एक्सेलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो ।

    आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

    विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend