२०८३, मंसिर १० गते

  • राजनीति
  • नेपाल–भारत सम्बन्धको पुरानो मुद्दा पन्छाउँदै भारत,...

नेपाल–भारत सम्बन्धको पुरानो मुद्दा पन्छाउँदै भारत, भन्योः ईपीजी प्रतिवेदन ‘अब सान्दर्भिक छैन’

नेपाल–भारत सम्बन्धको पुरानो मुद्दा पन्छाउँदै भारत, भन्योः ईपीजी प्रतिवेदन ‘अब सान्दर्भिक छैन’

images
बुधवार, मंसिर ९ २०८३०७:३६
बुधवार, मंसिर ९ २०८३०७:३६
  • images

    काठमाडौँ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन भारतले अब सान्दर्भिक छैन भन्दै पन्छाइदिएको छ ।

    सन् २०१६ को जनवरीमा गठन गरिएको ईपीजीलाई नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि लगायत दुई मुलुकबीचका सम्झौता तथा सन्धिहरूको पुनरावलोकन गर्ने जिम्मेवारी दिइएको थियो ।

    प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को दुई दिने भारत भ्रमणपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले अब उक्त प्रतिवेदन सान्दर्भिक नभएको टिप्पणी गरेका हुन् ।

    ‘म भन्न चाहन्छु, त्यो विगतको विषय हो । हामी भविष्यकेन्द्रित दृष्टिकोण अपनाइरहेका छौँ । हामी पछाडि फर्केर हेरिरहेका छैनौँ । त्यसैले त्यो प्रतिवेदन अहिलेको सन्दर्भमा सान्दर्भिक छैन, किनकि त्यो पुरानो विषय हो ।’ मिस्रीले भने ।

    ईपीजीले दुवै देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै द्विपक्षीय सन्धि तथा सम्झौताहरू अद्यावधिक गर्न सिफारिस गरेको थियो ।

    तर भारतले आफूले चाहेजस्तो सिफारिस नआएपछि ईपीजी प्रतिवेदनप्रति आपत्ति जनाउँदै त्यसलाई औपचारिक रूपमा स्वीकार गरेको थिएन ।

    ईपीजी प्रतिवेदन भारतसँगको सम्बन्धमा रहेका पुराना असमझदारी र विवाद समाधान गर्ने साझा दस्तावेजका रूपमा तयार गरिएको थियो । त्यसमा नेपालले लामो समयदेखि उठाउँदै आएको नेपाल र भारतबीचको सम्बन्ध १९५० को शान्ति तथा मैत्री सन्धि, खुला सीमा, व्यापार, पारवहन, सुरक्षा, जलस्रोत र जनस्तरको सम्बन्ध लगायतका विषय समेटिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend