काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनायनका लागि बोलाएको छ । आयोगले सप्तरी क्षेत्र नम्बर ३ बाट रास्वपाका उम्मेदवार अमरकान्त चौधरीलाई भ्रष्टाचारको आरोप लागेको भन्दै बयानका लागि बोलाएको हो ।
आयोगले माघ २० गते पत्र पठाउँदै विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनलाई बयानका लागि बोलाएको छ। आयोगले चौधरीसहित नौ जनालाई बयानका लागि इटहरीस्थित कार्यालयमा उपस्थित गराउन डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गरेको हो।
डाक्नेश्वरी नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणमा मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरीमा अनुसन्धान गर्नुपर्ने भएकाले माघ २३ गते उपस्थित गराई दिन नगरपालिकालाई आयोगले माघ २० गते पत्राचार गरेको खुलेको छ।
चौधरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्।

