२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ओलीको दाबी– झापा ‘ओलीमय’, सूर्यको जीत...

ओलीको दाबी– झापा ‘ओलीमय’, सूर्यको जीत पक्का

ओलीको दाबी– झापा ‘ओलीमय’, सूर्यको जीत पक्का

शुक्रवार, माघ २३ २०८२०४:२९
शुक्रवार, माघ २३ २०८२०४:२९
  • images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन्।

    शुक्रबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले झापा जिल्ला ‘ओलीमय’ बनेको जिकिर गरे। झापाका मतदाता एमालेको पक्षमा रहेको उल्लेख गर्दै उनले भने, “सूर्यको जीत सियोर छ।”

    चुनावी अभियान र माहोलबारे चर्चा गर्दै ओलीले यसपटक युवाहरूको उत्साहजनक सहभागिता देखिएको बताए। युवाहरू स्वतःस्फूर्त रूपमा एमालेको चुनाव चिह्न सूर्यलाई जिताउन प्रचार–प्रसारमा सक्रिय रहेको उनको भनाइ थियो। नयाँ पुस्ता राजनीतिमा प्रवेश गरेर सिक्न खोज्नु सकारात्मक संकेत भएको टिप्पणी पनि उनले गरे।

    सत्य र विकासको पक्षमा जनता उभिएकाले कुनै पनि षड्यन्त्रले एमालेको जित रोक्न नसक्ने दाबी ओलीको छ। ओली शुक्रबार काठमाडौँबाट झापा फर्किएका हुन्। उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।

    यसअघि उम्मेदवारी दर्तापछि माघ १० गतेसम्म घरदैलो कार्यक्रम सम्पन्न गरेका ओली अब झापा–५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न वडामा कार्यकर्ता भेटघाटमा जुट्ने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ। उनी करिब एक साता झापामै रहनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend