२०८३, आश्विन २२ गते

images

प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वाेच्चको अस्वीकार

शुक्रवार, माघ २३ २०८२०७:०९
शुक्रवार, माघ २३ २०८२०७:०९
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

    न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

    विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

    उक्त आदेशविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै फुयाल र थापाको इजलासले धरौटीमा छाड्न अस्वीकार गरेको हो ।

    अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

    उक्त मुद्दामा अधिकारीलाई थुनामा पठाउने आदेश यसअघि नै भइसकेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend