२०८३, आश्विन २१ गते

images

बुधबार घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७४ करोड नाघ्यो

बुधबार घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७४ करोड नाघ्यो

बुधवार, आश्विन २१ २०८३०३:३६
बुधवार, आश्विन २१ २०८३०३:३६
  • images

    काठमाडौँ । बुधबार सेयर बजार घटेको छ ।  बुधबार सेयर बजार मापक नेप्से परिसूचक ६.३८ अंक घटेर २५७२.३४ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।

    सेयर बजार घटेको भएता पनि आज कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

    आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयरमूल्य बढेको  छ।  आज यस कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशत बढेको हो ।

    कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो उच्च स्थानमा रहेको छ। यस कम्पनीको  ३२ करोड २१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend