२०८३, मंसिर ७ गते

तिहारपछि खुलेको पहिलो दिनमै घट्यो सेयर बजार, नेप्से २६४८ विन्दुमा झर्‍यो

तिहारपछि खुलेको पहिलो दिनमै घट्यो सेयर बजार, नेप्से २६४८ विन्दुमा झर्‍यो

images
शुक्रवार, कार्तिक २७ २०८३०३:३३
शुक्रवार, कार्तिक २७ २०८३०३:३३
  • images

    काठमाडौँ । तिहारपछि खुलेको पहिलो कारोबार दिनमा सेयर बजार ओरालो लागेको छ । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ६.४४ अंक घटेर २६४८.७७ विन्दुमा झरेको हो ।

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

    आज १३ उपसमूहमध्ये आज चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक ८३.५८ प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयरमूल्य बढेको छ । आज यस कम्पनीको सेयर मूल्य ७.५६ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend