२०८३, आश्विन २२ गते

images
  • समाचार
  • जेनजी प्रदर्शनका क्रममा नक्खु कारागारबाट भागेका...

जेनजी प्रदर्शनका क्रममा नक्खु कारागारबाट भागेका कैदीले चोरेका थिए बालेनको घर

जेनजी प्रदर्शनका क्रममा नक्खु कारागारबाट भागेका कैदीले चोरेका थिए बालेनको घर

सीएनएन खबर
आइतवार, माघ २५ २०८२०४:३६
सीएनएन खबर
आइतवार, माघ २५ २०८२०४:३६
  • images

    काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बाँसवारीका ४२ वर्षीय मनीष राजवहाक, सिन्धुपाल्चोकका खिमबहादुर खड्का र धादिङका सञ्जय श्रेष्ठ छन् ।

    उनीहरूलाई काठमाडौं प्रहरीको विशेष टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । 

    उनीहरूले केही दिनअघि महाराजगन्जको चप्पल कारखानस्थित बालेनको कोठामा चोरी गरेका थिए ।  चोरी गर्ने समूहका तीनैजना यसअघिसमेत विभिन्न कसुरमा पक्राउ परेका आरोपी हुन् । उनीहरू भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा नक्खु कारागारबाट भागेका खुलेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend