२०८३, आश्विन २२ गते

images

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन एजेण्डा

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन एजेण्डा

सीएनएन खबर
सोमवार, माघ २६ २०८२११:३१
सीएनएन खबर
सोमवार, माघ २६ २०८२११:३१
  • images

    काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे सिंहदरबारमा बैठक बस्ने तय छ । १९औँ अधिवेशनको सातौँ बैठक बस्न लागेको हो ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।

    यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछिन् ।

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    उनले नै ‘पर्यटन विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend