२०८३, आश्विन २२ गते

images
  • समाचार
  • भारतीय अण्डा नेपाल भित्रिएपछि व्यवसायीले ह्वात्तै...

भारतीय अण्डा नेपाल भित्रिएपछि व्यवसायीले ह्वात्तै घटाए मुल्य, प्रतिक्रेट कति पर्छ ?

भारतीय अण्डा नेपाल भित्रिएपछि व्यवसायीले ह्वात्तै घटाए मुल्य, प्रतिक्रेट कति पर्छ ?

सोमवार, माघ २६ २०८२११:५८
सोमवार, माघ २६ २०८२११:५८
  • images

    काठमाडौँ । अण्डाको मूल्यमा कर्टेलीङ गरेर एक हप्तामै मूल्य बढाउने गरेका व्यवसायीले मूल्य घटाएका छन् । 

    पछिल्लो समय भारतीय अण्डा नेपाल भित्रिएपछि उनीहरुले मूल्य घटाएका हुन् । नेपाली बजारमा सातामै मूल्य बढाउने गरेका उनीहरुले प्रतिक्रेट १३० रुपैयाँसम्म मूल्य घटाएका हुन् । 

    नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको हो । संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए ।

    नयाँ भाउ अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७५ र मिडियमको ३४५ कायम गरिएको छ । यस्तै एक्सएल अन्डाको प्रतिक्रेट ३ सय ९० रुपैयाँ कायम भएको संघले जनाएको छ ।

    यसअघि २२ माघमा ठूलो अन्डा प्रतिक्रेट ४ सय ३५ र मिडियम ४ सय ५ रुपैयाँ रहेको थियो । ११ माघमा ठूलो अन्डा ४ सय ९५ र मिडियमको ४ सय ७५ पुगेको थियो ।

    संघका अध्यक्ष पोखरेलले भारतीय सेतो अन्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण अन्डाको भाउ घटेको बताए ।

    गत मंसिरमा अन्डाको भाउ हालसम्मकै उच्च भएको थियो । उक्त समय फार्ममा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६५ र मिडियमको ५ सय ५० रुपैयाँ पुगेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend