२०८३, आश्विन २२ गते

images
  • समाचार
  • काठमाडौँ उपत्यकामा ग्यासको कृतिम अभाव, अनुगमनमा...

काठमाडौँ उपत्यकामा ग्यासको कृतिम अभाव, अनुगमनमा निस्कीयो वाणिज्य विभाग

काठमाडौँ उपत्यकामा ग्यासको कृतिम अभाव, अनुगमनमा निस्कीयो वाणिज्य विभाग

सोमवार, माघ २६ २०८२०५:२०
सोमवार, माघ २६ २०८२०५:२०
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव सिर्जना गरिएको छ । नियमित रुपमा भारतीय बजारबाट ग्यास भित्रिएतापनि व्यवसायीले बजारमा अभाव सिर्जना गरेका हन् । 

    बजारमा ग्यासको अभाव भएपछि बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबारदेखि ग्यासको अनुगमन सुरु गरेको छ । विभागले उपत्यकामा ग्यासको अनुगमनका लागि ४ टोली खटाएको छ । 

    विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका निर्देशक तथा सूचना अधिकारी नरहरी तिवारीले आजदेखि बजारमा ग्यास अनुगमन टोली खटाईएको बताए । उनका अनुसार कीर्तिपुर, कलंकी र कुलेश्वर क्षेत्रमा नृपराज उपाध्यायको नेतृत्वमा, सोहखुट्टे, बसपार्क र बालाजु क्षेत्रमा सरोज भट्टको नेतृत्वमा, भक्तपुर, कोटेश्वर, रिङरोड आसपासमा मणिराम नेपाल र ठूला ग्यास उद्योग र सप्लायर्सको अनुगमनका लागि अमित कुमार झाको नेतृत्वमा अनुगमन टोली खटाईएको हो । 

    उक्त टोलीलाई ग्यासको ठूला उत्पादन तथा सप्लायसै कम्पनीहरुलाई फोकस गरी अनुगमन गर्ने, ग्यासको आपूर्तिको अवस्था, बजारको उपलब्धता, खरिद तथा विक्री सोको रेकर्ड र फरक ग्यास साट्दा बहन गर्नुपर्ने अतिरित्त आर्थिक शुल्कको व्यवस्था समेतको स्पष्ट जानकारी लिन विभागले निर्देशन दिएको छ । 

    यस्तैगरी, अनुगमन गर्दा नेपाल आयल निगमका प्रतिनिधि, गुणस्तर तथा नापतौलको सहयोग लिई तौल समेतको एकीन गरि नियम विपरित पाईएमा कडा कारवाही गर्न निर्देशन दिईएको छ । 

    बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नेपाल आयल निगमले उपत्यकामा ग्यास वितरणको कोटा नै निर्धारण गरिदिएकोे छ । 

    पछिल्लो समय उपत्यकामा धेरै उपभोक्ता नेपाल ग्यासको रहेको र नेपाल ग्यासको अभाव सिर्जना भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend