काठमाडौँ । सरकार तेस्रो पटक जेनजी आन्दोलनको जाँचबुझ आयोगको समय थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि थप गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको हो ।
असोज ५ गते गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो । तर, काम नसकिएको भन्दै आयोगले समय मागेपछि पहिलोपटक १ र पछिल्लो पटक २० दिन थपियो ।

