काठमाडौँ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।
मंगलबार बिहान मन्थली नगरपालिका(६ स्थित सेलेघाटस्थित मसानटारमा बस दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। बस सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको हो।
उनकाअनुसार बसबाट ६ जनाको उद्धार गरिएको छ। उपचारको लागि उनीहरूलाई अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। बसमा ४२ जना सवार रहेको भन्ने अपुष्ट जानकारी आएको उनले बताए ।
‘६ जनाको उद्धार गरिएको छ, तीन जनाको गम्भीर अवस्था छ। बसभित्र कति जना छन् भन्ने यकिन छैन। बस पानीमुनि भएकाले उद्धारको प्रयास भइरहेको छ,’ उनले भने।
बस काठमाडौंबाट रामेछापको धोबीतर्फ जाँदै थियो।

