२०८३, आश्विन २२ गते

images
  • समाचार
  • रामेछाप बस दुर्घटनाः ६ जनाको मृत्यु,...

रामेछाप बस दुर्घटनाः ६ जनाको मृत्यु, बसबाट यात्रु निकाल्न १० जना गोताखोर परिचालन

रामेछाप बस दुर्घटनाः ६ जनाको मृत्यु, बसबाट यात्रु निकाल्न १० जना गोताखोर परिचालन

मंगलवार, माघ २७ २०८२०१:२२
मंगलवार, माघ २७ २०८२०१:२२
  • images

    काठमाडौँ । रामेछापस्थित तामाकोसी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा उद्दारको लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन बेश खुर्कोट सिन्धुलीबाट १० जना गोताखोर परिचालन गरिएको छ।

    मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाको लागि छुटेका प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोसी नदिमा दुर्घटना भएको हो। 

    सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनमा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। जसमा २ जना पुरुष र ४ जना महिला रहेका छन्। उनीहरुको नाम खुलिसकेको छैन।

    घटनास्थलबाट उद्धार गरिएका ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाइएको थापाले बताए।  बसमा कतिा जना सवार थिए खुल्न बाँकी छ। बस नदीमा डुबेको छ। उद्दार कार्य अहिले पनि जारी रहेको डीएसपी थापाले बताए।

    घटनास्थलमा अहिले ६ जना गोताखोरसहितको सुरक्षाकर्मी परिचालन भएका छन्। मंगलबार बिहान करिब पौने ११ बजे बस सडकबाट झण्डै २० मिटर तल तामाकोसी  नदिमा खसेर दुर्घटना भएको हो। 

    दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend