२०८३, आश्विन २२ गते

images
  • समाचार
  • एकै पटक ८ सहसचिवको सरुवा, जितपुरको...

एकै पटक ८ सहसचिवको सरुवा, जितपुरको प्रशासकीय अधिकृतको जिम्मा निरौलालाई

एकै पटक ८ सहसचिवको सरुवा, जितपुरको प्रशासकीय अधिकृतको जिम्मा निरौलालाई

मंगलवार, माघ २७ २०८२०३:०९
मंगलवार, माघ २७ २०८२०३:०९
  • images

    काठमाडौँ । सरकारले एकैपटक आठ जना सहसचिवको सरुवा गरेको छ । 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरूलाई स्थानीय तह, गृह तथा शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

    जसअनुसार प्रशासन सेवातर्फका सहसचिव महेन्द्रकुमार सापकोटा र शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने डमरु प्रसाद निरौलालाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ ।

    यसैगरी इन्जिनियरिङ सेवातर्फका सहसचिवहरू प्रकाश चौधरी, ओमराज ढुंगाना, मनिष कुमार अर्याल, राम कुमार श्रेष्ठ र गौरी कुमार श्रेष्ठलाई शहरी विकास मन्त्रालय तथा मातहतका निकायमा खटाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend