२०८३, आश्विन २२ गते

images
  • समाचार
  • करारका इन्जिनियरले ५ वर्षमा जोडे २...

करारका इन्जिनियरले ५ वर्षमा जोडे २ करोडको सम्पत्ति, आयोगले गर्याे भ्रष्टाचार मुद्दा दायर

करारका इन्जिनियरले ५ वर्षमा जोडे २ करोडको सम्पत्ति, आयोगले गर्याे भ्रष्टाचार मुद्दा दायर

सीएनएन खबर
मंगलवार, माघ २७ २०८२०४:५३
सीएनएन खबर
मंगलवार, माघ २७ २०८२०४:५३
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका करार इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीविरुद्ध १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बिगो कायम गरी कैद र जरिवानाका साथै लुकाइछिपाइ राखेको बिगो सम्पत्ति समेत जफतको मागदाबी आयोगले गरेको छ।​

    सम्पत्ति जफत प्रयोजनका लागि आयोगले उनका बुवा सुदर्शन विष्टलाई पनि प्रतिवादी बनाएको छ ।​​​ २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको जाँच अवधिमा उनको वैध आम्दानी र खर्चबीच ठूलो अन्तर देखिएको आयोगले जनाएको छ ।​

    सो क्रममा विष्टको वैध आय १ करोड २७ लाख ७४ हजार ६ सय ७३ रुपैयाँ र खर्च तथा लगानी ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपैयाँ पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​

    विष्टले आफ्नो वैध कमाइभन्दा १ करोड ९७ लाख १० हजार १ सय ५७ रुपैयाँ बढी खर्च तथा लगानी गरेको पाइएको छ ।

    उक्त रकम उनले जग्गा खरिद, घर निर्माण, शेयर बजार, विभिन्न कम्पनीमा लगानी तथा बैंकको ऋण तिर्न प्रयोग गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend