२०८३, आश्विन २२ गते

images
  • समाचार
  • भोट हाल्न सिकाउन देशभर ६ हजार...

भोट हाल्न सिकाउन देशभर ६ हजार ७४३ स्वयंसेवक खटाइँदै

भोट हाल्न सिकाउन देशभर ६ हजार ७४३ स्वयंसेवक खटाइँदै

मंगलवार, माघ २७ २०८२०५:५०
मंगलवार, माघ २७ २०८२०५:५०
  • images

    काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुनको पहिलो सातादेखि मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। सो कार्यक्रम निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम स्वीकृत भइसकेको उनले जानकारी दिए।

    कार्यक्रमअन्तर्गत देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको प्रयोगमार्फत मतदान प्रक्रिया, मत हाल्ने तरिका र निर्वाचनको महत्त्वबारे जानकारी गराउनेछन्।

    आयोगले हरेक निर्वाचनमा स्थानीय तहमा तोक्ने सम्पर्क व्यक्तिलाई यसपटक पनि मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको जिम्मेवारी दिएको छ।

    मतदाता शिक्षा अनुगमनकर्ता तथा स्वयंसेवकहरूका लागि जिल्लास्तरीय र स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम माघ महिनाको अन्त्यसम्म सम्पन्न गरिने आयोगले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend