२०८३, आश्विन २२ गते

images
  • समाचार
  • जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना...

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

सीएनएन खबर
बुधवार, माघ २८ २०८२१०:५०
सीएनएन खबर
बुधवार, माघ २८ २०८२१०:५०
  • images

    काठमाडौँ । रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमध्ये एक बालक र दुई महिला छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend