२०८३, आश्विन २२ गते

images
  • समाचार
  • निगमको टेकु कार्यालयबाट नेपाल र एभरेष्ट...

निगमको टेकु कार्यालयबाट नेपाल र एभरेष्ट ग्यास पाइने

निगमको टेकु कार्यालयबाट नेपाल र एभरेष्ट ग्यास पाइने

बुधवार, माघ २८ २०८२१२:१३
बुधवार, माघ २८ २०८२१२:१३
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव हुनथालेपछि नेपाल आयल निगमले टेकु कार्यालयबाट समेत ग्यास वितरण शुरु गरेको छ । 

    निगमले नेपाल ग्यास र एभरेष्ट ग्याससँगका समन्वयमा टेकु कार्यालयबाट समेत ग्यासको वितरण शुरु गरेको हो । 

    नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्टले बिहीबारदेखि निगमको टेकु कार्यालयबाट २ कम्पनीका ग्यास वितरण शुरु गरिएको जानकारी दिए । 

    ‘आदारणीय उपभोक्ता ज्यूहरुको सहजीकरणको लागि निगमको प्रत्यक्ष निगरानीमा बजारमा केही अभाव देखिएका ग्यास कम्पनिहरुका ९नेपाल ग्यास, एभरेष्ट ग्यास० सिलिण्डरहरु निगमको टेकु अफिस वाट पनि विक्री वितरण शुरु गरिएको छ’, उनले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend