२०८३, आश्विन २२ गते

images
  • समाचार
  • फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठक काठमाडौं...

फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, धम्की प्रकरणमा अनुसन्धान सुरु

फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, धम्की प्रकरणमा अनुसन्धान सुरु

बुधवार, माघ २८ २०८२०१:१२
बुधवार, माघ २८ २०८२०१:१२
  • images

    काठमाडौं । फिलिपिन्समा पक्राउ परेका ३३ वर्षीय प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा उनलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पाठकलाई लिन फिलिपिन्स पुगेको थियो। उनलाई हाल परिसरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको एसएसपी रमेश थापाले जानकारी दिए।

    प्रहरीका अनुसार पाठकमाथि विद्युतीय कारोबार ऐन, आपराधिक लाभलगायतका विषयमा अनुसन्धान हुने भएको छ। पत्र र भिडियो सन्देशमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोप उनीमाथि छ।

    काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठक फिलिपिन्सको मालोलोस सहरबाट पक्राउ परेका थिए। फिलिपिन्सको ब्यूरो अफ इमिग्रेशन (बीआ) ले विज्ञप्ति जारी गर्दै उनलाई नियन्त्रणमा लिइएको जनाएको थियो। जिल्ला अदालत काठमाडौंबाट जारी पक्राउ पुर्जी तथा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएपछि नेपाल प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको फिलिपिन्स इमिग्रेशनले जनाएको छ।

    यसअघि पनि पाठकमाथि विभिन्न कसुरमा मुद्दा चलेको खुलेको छ। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा उनीविरुद्ध चार वटा मुद्दा दर्ता भएको भेटिएको हो। सार्वजनिक अपराध (अभद्र व्यवहार), ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend