२०८३, आश्विन २२ गते

images
  • समाचार
  • प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक...

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

प्रहरी हवल्दार मृत्यु प्रकरणः थप एक जना पक्राउ

सीएनएन खबर
बुधवार, माघ २८ २०८२०३:३०
सीएनएन खबर
बुधवार, माघ २८ २०८२०३:३०
  • images

    काठमाडौँ । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका आरोपित थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मङ्गलबार साँझ नौगाडबाट पक्राउ गरिएको हो  ।

    घटनालगत्तै फरार रहेका डडाल भाग्ने क्रममा पक्राउ गरिएको उनले बताए । आरोपितमध्ये तीन जना अझै फरार रहेका छन् । घटनामा फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको छ । प्रहरीले यसअघि यो घटनामा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार घटनामा संलग्न रहेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, लक्ष्मी बडू र मनिस पाल भने अझै फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend