२०८३, आश्विन २२ गते

images
  • समाचार
  • जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी...

जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु

जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु

सीएनएन खबर
आइतवार, फाल्गुण ३ २०८२०१:४५
सीएनएन खबर
आइतवार, फाल्गुण ३ २०८२०१:४५
  • images

    काठमाडौँ । जेनजी आन्दोलनका बेला पूर्ण रुपमा ध्वस्त भएको गोदावरी नगरपालिका बाँडेगाउँमा अवस्थित प्रहरी प्रभाग बाँडेगाउँको भवन निर्माण सुरु भएको छ । 

    गोदावरी नगरपालिकाको वडा नं.१४ मा अवस्थित उक्त प्रभागको भवन गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनले आइतबार शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रहरी नागरिकको साथी भएको बताउँदै यो प्रहरी भवन बनाउन नागरिकको सक्रिय सहभागिता र भूमिका हुनेमा आफू निश्चिन्त भएको प्रष्ट पारे । 

    उनले भने, ‘ प्रहरी नागरिकको सुरक्षाको लागि खटिनु हुन्छ , उहाँहरु यो भवनमा बसेर कार्य सम्पादन गर्नुहुन्छ , त्यसैले यो हाम्रो भवन हो , आफ्नै घर सम्झेर यसलाई बनाउँ । ’ नागरिकमा प्रहरीप्रति गलत धारण भएको बताउँदै नागरिक र प्रहरीबीचको सम्बन्ध मजबुत बनाउनु पर्ने धारणा राखे । नगर प्रमुख महर्जनले यो प्रभागको भौतिक संरचना नहुँदा शान्ति सुरक्षामा प्रभाव पर्न सक्ने औल्याउँदै प्राथमिकतामा राखेर निर्माणलाई अघि बढाएको जिकिर गरे । 

    वि.सं.२०२५ सालमा समुदायको सुरक्षाको लागि प्रहरी भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएका थिए । नगर प्रमुख महर्जनले यो प्रहरी भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनेलाई नगरपालिकाले सम्मान गर्ने बताए । यो प्रहरी प्रभागले नगरको वडा नं.१, २, ३, ४ र १४लाई प्रत्यक्ष रुपमा सुरक्षा प्रदान गर्छ । प्रभागको यो भवन निर्माणका लागि यी वडाहरुलाई विकास बजेटका अन्य शीर्षकबाट रकमान्तर गरी विनियोजन गरेका छन् ।

    अन्य संघसंस्थाबाट पनि भवन निर्माणको लागि सहयोग प्राप्त भएको र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको वडा नं.१४का वडा अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । भवन निर्माणको लागि अर्थ, निर्माण, वार्ता, सल्लाहकार समिति गठन भएको बताउँदै तोकिएकै समय काम सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई तल्लाको उक्त भवन  एक वर्षभित्र निर्माण सम्म गरिने योजना रहेको छ । 

    ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक हाेविन्द्र बोगटीले प्रहरीले नागरिकको नजिकको साथी भएको बताउँदै नागरिक र प्रहरी बीचको सम्बन्ध बलियो बनाउन सम्वाद आवश्यक भएको बताए । यो भवनको प्रयोग प्रहरीले गरेपनि नागरिककै सम्पत्ति भएको प्रष्ट पारे । ‘हाम्रो प्रहरी नेपाल प्रहरी’को भावलाई सबैले आत्मसाथ गर्नुपर्ने धारणा राखे । 

    शिलान्यास कार्यक्रममा प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायव उपरीक्षक पूर्णिमा चन्दले प्रहरी नागरिकको साथी भएको बताउँदै यो भवन निर्माणका लागि सबैको सहयोग अपरिहार्य भएको बताइन् । उनले भनिन् , ‘ शान्ति सुरक्षा कायम गर्न देखि भवन निर्माणसम्म तपाईंहरुको सहयोग अति आवश्यक छ, त’  इन्स्पेक्टर विक्रम केसी लगायतको सहभागिता रहेको थियो । समयमै भवन निर्माण सम्पन्न गर्न स्थानीयको सहयोग अपरिहार्य भएको बताउँदै सहगोगको अपिल गरे । शिलान्यास कार्यक्रममा वडा नं।३का वडा अध्यक्ष सानुराज घिमिरे लगायत अन्य जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो । 

    भवन शिलान्यास कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, आमासमूहका पदाधिकारी र प्रतिनिधि, सम्पूर्ण गुठीका प्रतिनिधि , सम्पूर्ण क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको छ  ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend