२०८३, आश्विन २२ गते

images
  • समाचार
  • निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कति...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

सोमवार, फाल्गुण ४ २०८२०७:२०
सोमवार, फाल्गुण ४ २०८२०७:२०
  • images

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ कायम भएको छ ।

    त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर १४२ कायम भएको निगमले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend