२०८३, आश्विन २२ गते

images
  • समाचार
  • चुनावै नभई नतिजा सार्वजनिक भएपछि रेनुले...

चुनावै नभई नतिजा सार्वजनिक भएपछि रेनुले भनिन, जित हार दुवैलाई स्वीकार गर्नुपर्छ

चुनावै नभई नतिजा सार्वजनिक भएपछि रेनुले भनिन, जित हार दुवैलाई स्वीकार गर्नुपर्छ

सोमवार, फाल्गुण ४ २०८२११:३१
सोमवार, फाल्गुण ४ २०८२११:३१
  • images

    काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले निर्वाचनमा सहभागी भइसकेपछि जित हार दुवैलाई स्वीकार गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएकी छन् । 

    मत सर्वेक्षणको नाममा सञ्चारमाध्यममा नतिजा सार्वजनिक भएपछि दाहाल आपत्ति जनाएकी हुन् । दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएकी छन् ।

    ‘मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ दाहालले लेखेकी छन्, ‘यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशनरप्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्छु ।’

    यस्तो छ उनको भनाइ

    यतिबेला म चितवन क्षेत्र नं। ३ मा प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु। यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ।

    भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति गरेको छु।

    निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु। तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु।

    यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशनरप्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु। लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend