२०८३, आश्विन २२ गते

images
  • समाचार
  • निर्वाचनका लागि सशस्त्र प्रहरीका १६ सय...

निर्वाचनका लागि सशस्त्र प्रहरीका १६ सय जनशक्ति परिचालन

निर्वाचनका लागि सशस्त्र प्रहरीका १६ सय जनशक्ति परिचालन

सीएनएन खबर
शुक्रवार, फाल्गुण ८ २०८२१२:११
सीएनएन खबर
शुक्रवार, फाल्गुण ८ २०८२१२:११
  • images

    काठमाडौँ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 
     
    यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन  दिएका छन् ।

    ‘भर्चुअल’ माध्यममार्फत उहाँले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिएका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend