२०८३, आश्विन २२ गते

images

एमालेको झन्डा चलाएको आरोपमा एक पक्राउ

एमालेको झन्डा चलाएको आरोपमा एक पक्राउ

सीएनएन खबर
शुक्रवार, फाल्गुण ८ २०८२०७:४०
सीएनएन खबर
शुक्रवार, फाल्गुण ८ २०८२०७:४०
  • images

    काठमाडौँ । नेकपा एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

    बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    उक्त घटना अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पहिचानको आधारमा उनीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend