२०८३, आश्विन २२ गते

images
  • समाचार
  • निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै पर्सा प्रहरीले...

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै पर्सा प्रहरीले १६७ मतदान स्थलमा सिसी क्यामरा जडान गर्दै

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै पर्सा प्रहरीले १६७ मतदान स्थलमा सिसी क्यामरा जडान गर्दै

शनिवार, फाल्गुण ९ २०८२०७:३०
शनिवार, फाल्गुण ९ २०८२०७:३०
  • images

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले  प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।

    प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा सिसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिए । 

    कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको बताइएको छ ।

    प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार सिसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्ने दावी गरे ।

    सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मककार्यलाई प्राथमिकतामा राखिएको र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला तथा आम नागरिकलाई सहयोगका लागि आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend