२०८३, आश्विन २२ गते

images
  • समाचार
  • रौतहटमा अनिश्चितकालीन कर्फ्यु जारी, अत्यावश्यक कामका...

रौतहटमा अनिश्चितकालीन कर्फ्यु जारी, अत्यावश्यक कामका लागि २ घण्टा खुकुलो

रौतहटमा अनिश्चितकालीन कर्फ्यु जारी, अत्यावश्यक कामका लागि २ घण्टा खुकुलो

आइतवार, फाल्गुण १० २०८२०७:२८
आइतवार, फाल्गुण १० २०८२०७:२८
  • images

    काठमाडौँ । रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु जारी नै गरेको छ ।  कर्फ्यु आदेश जारी गर्दै प्रशासनले अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो बनाईएको छ । 

    प्रशासनले आइतबार बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको जनाएको छ । तर यस अवधिमा पनि सभा जुलुस भने गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

    यसपछि बिहान साढे ८ बजेदेखि भने कर्फ्यु अर्को आदेश नभएसम्मका लागि निरन्तर रहनेछ। 

    गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयको चार किल्लामा कर्फ्यु लगाइएको हो। यो क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, सभा, जुलुस तथ प्रदर्शन गर्न रोक लगाइएको छ। 

    स्थानीय समुदायबीच विवाद उत्पन्न भएपछि शनिबार दिउँसे १ बजेदेखि कर्फ्यु लगाइएको थियो। स्थिति नियन्त्रणमा आएको भए पनि थप हिंसाका घटना हुन नदिने कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

    कर्फ्युको आदेश उल्लंघन गर्नेलाई कारबाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ। शान्ति स्थापना गर्नका लागि सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend