२०८३, आश्विन २२ गते

images

गौरमा आज पनि ‘कर्फ्यु’

गौरमा आज पनि ‘कर्फ्यु’

आइतवार, फाल्गुण १० २०८२१०:२५
आइतवार, फाल्गुण १० २०८२१०:२५
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ ।  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज  बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।

    प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि  अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।  

    गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ः०० बजेदेखि आज बिहान ६ः३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६ः३० बजेदेखि ८:३० बजेम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend