२०८३, आश्विन २२ गते

images
  • समाचार
  • रौतहट घटनाः सर्वपक्षीय बैठकले गर्‍यो ५...

रौतहट घटनाः सर्वपक्षीय बैठकले गर्‍यो ५ निर्णय, तर हटेन कर्फ्यु

रौतहट घटनाः सर्वपक्षीय बैठकले गर्‍यो ५ निर्णय, तर हटेन कर्फ्यु

आइतवार, फाल्गुण १० २०८२०३:०६
आइतवार, फाल्गुण १० २०८२०३:०६
  • images

    काठमाडौँ । रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई सम्प्रदायबिच देखिएको द्वन्द्व समाधानका विषयमा आज (आइतबार) बिहान स्थानीय प्रशासनको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले सद्‌भाव र्‍याली निकाल्नेसहित ५ निर्णय गरेको छ।

    रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार रौतहट जिल्लाबाट धार्मिक(सामाजिक(सांस्कृतिक सद्‌भाव र शान्तिको सन्देश दिन सोमबार बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैलाई सहभागितामा सबगढामा सद्‌भाव र्‍याली निकाल्नेसहित ५ निर्णय गरिएको हो।

    rautahat-apil_kjbdRmijNu.jpg

    r-4_FRZynrkQAj.pngगौर नगरपालिका वडा नं. ६ को सबगढा गाउँमा मिति २०८२ फागुन ७ गते राति ९:४५ बजे सुरु भएको विवाद सामान्य रूपले नै समाधान भइसके तापनि पुनः मिति २०८२ फागुन ८ गतेदेखि उग्र रूप लिएको हुँदा स्थानीयवासी प्रतिनिधि तथा अगुवा बसेर छबुँदे सहमति भएको बेहोरा अवगत भयो। तथापि मिति २०८२ फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल भएको अवस्था सिर्जना भई जिल्लाभित्र हुनसक्ने जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२।११।०९ दिउँसो १:०० बजेदेखि सुरु भएको कर्फ्युको अवस्था यथावत् रहेको अवस्थामा जिल्लामा सौहार्दपूर्ण वातावरण कायम गर्न बोलाइएको यस सर्वपक्षीय बैठकबाट सो विवादको क्रममा भएका घटनाहरूप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सरोकारवाला सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने निर्णय गरियो।

    गौर नगर क्षेत्रमा शनिबारदेखि जारी कर्फ्यु आइतबार बिहान बसेको सर्वपक्षीय बैठकपछि पनि स्थानीय प्रशासनले जारी राखेको छ।

    रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थिति अझै संवेदनशील रहेको सुरक्षा विश्लेषणका कारण तत्काल कर्फ्यु हटाउन नसकिएको जानकारी दिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend