काठमाडौँ । तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पस्दा सम्वन्धित् घरका सदस्य तथा स्थानीय आतंकित भएका छन् । स्थानीय अनुजमणी अधिकारी घरमा पसेको चितुवाको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले छन् । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।
घरभित्र पसेको चितुवालाई घरमै थुनेर राखिएको र वनको टोलीलाई बोलाएको प्रहरीको भनाई छ । चितुवाहरुको वासस्थान वन अतिक्रमण बढ्दै जाँदा उनीहरु पटक पटक मानव वस्तीमा पस्ने र आक्रमण गर्ने गरेका छन् ।

