२०८३, आश्विन २२ गते

images
  • समाचार
  • चरौदी बस दुर्घटना अपडेटः दुई विदेशीसहित...

चरौदी बस दुर्घटना अपडेटः दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

चरौदी बस दुर्घटना अपडेटः दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

सीएनएन खबर
सोमवार, फाल्गुण ११ २०८२०७:२७
सीएनएन खबर
सोमवार, फाल्गुण ११ २०८२०७:२७
  • images

    काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

    पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो ।   दूर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

    तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

    दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।

    जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend