२०८३, आश्विन २२ गते

images
  • समाचार
  • धादिङ बस दुर्घटनाः गृृह मन्त्रालयले गठन...

धादिङ बस दुर्घटनाः गृृह मन्त्रालयले गठन गर्याे छानबिन समिति

धादिङ बस दुर्घटनाः गृृह मन्त्रालयले गठन गर्याे छानबिन समिति

सोमवार, फाल्गुण ११ २०८२११:५६
सोमवार, फाल्गुण ११ २०८२११:५६
  • images

    काठमाडौँ । धादिङमा बस दुर्घटना भएको विषयमा गृह मन्त्रालयमा बैठक बसेको छ।

    सोमबार बिहान मन्त्रालयमा बैठक बसेर छानबिन समिति गठन गर्ने निर्णय भएको सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।

    ठूलो दुर्घटना भएपछि गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी, सुरक्षा अंगका प्रमुख लगायतको उपस्थितिमा बैठक बसेको थियो।

    समितिको संयोजक भने टुंगिएको छैन।  पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपलिका(५ भैसीगौडामा दुर्घटनामा परेको थियो। बस अनियन्त्रित भएर २०० मिटर तल त्रिशुली नदी किनारामा खसेको थियो।

    ज्यान गुमाउनेमा विदेशी नागरिकहरू समेत रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend