काठमाडौँ । बिहीबार र शुक्रबार २ दिनको अवधिमा सुनको मूल्य १३ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँले घटेको हो । बिहीबार पाँच हजार ४ सय रुपैयाँले सुको मूल्य घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।
गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो । रेकर्ड मूल्यबाट सुनको भाउ करिब ४५ हजार रुपैयाँ घटिसकेको छ ।

