काठमाडौँ । पछिल्लो केही दिनयता नेपाली बजारमा लगातार सुनको मूल्यमा पहिरो जाने क्रम बुधबार राेकिएकाे छ । बुधबार एकैदिन सुन ताेलामा १४ हजार ६ सय रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको बुधबारको तथ्यांक अनुसार प्रतितोला सुनको मूल्य अब दुई लाख ८८ हजार ५०० रुपैयाँ ताेकिएकाे छ। हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

