काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आजको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयामा कारोबार भएको थियो ।

