२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
शुक्रवार, चैत्र १३ २०८२११:१७
सीएनएन खबर
शुक्रवार, चैत्र १३ २०८२११:१७
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सुन शुक्रबार प्रतितोला ४ हजार ६०० सय रुपैयाँले घटेको हो । 

    महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६७० कायम भएको छ ।

    हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको थियो ।

    शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८२० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ६७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend