काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला चार हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

